arrow

नेकपा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाले लगाए कोभिड-१९ बिरुद्धको खोप

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
agni-khop.jpg

काठमाडौं । स्वास्थ्यकर्मी, पत्रकार र सरकारी कर्मचारीपछि दलका नेताहरुलेसमेत कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरेका छन् ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख तथा अध्यक्ष मन्त्री तथा सांसदहरुले बुधबारबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरेका हुन् । सांसदहरुलाई खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल तोकिएको छ ।

यसै शिलशिलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी लगायतले अस्पताल पुगेर खोप लगाइसकेका छन् । खोप लगाउन अन्य मन्त्रीसहित सांसदहरु अस्पताल पुग्ने क्रम शुरु भइसकेको छ ।

यसैगरी मन्त्री, सांसदहरुका स्वकीय सचिव, संघीय संसदका कर्मचारीहरु, मर्यादापालक र संसद सम्वन्धि रिपोर्टिङ गर्ने पत्रकारहरुलाईसमेत बुधबार नै खोप लगाइदैछ ।

संसद पुनःस्थापना पछि २३ फागुनमा पहिलो पटक संसद बैठक बस्ने तयारी भइरहेको छ । संसद् बैठकअघि नै सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ