arrow

प्रधानमन्त्रीले कोरोना बिरुद्धको खोप नलगाउने

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
KP-OLi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरुद्धको खोप नलगाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण कोरोना बिरुद्धको खोप नलगाउने जानकारी दिए । 
‘प्रधानमन्त्री ज्यूले खोप लगाउनु हुन्न, अहिलेसम्मको जानकारी त्यही छ, स्वास्थ्यका कारण भनेर बुझौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले हाम्राकुरासँग भने ।

उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ अधिकारीहरुले भने २३ फागुनमा खोप लगाउने कार्यक्रम छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसदका कर्मचारी, मर्यादापालक र संसद सम्वन्धि समाचार लेख्ने पत्रकारहरुले भने बुधबार (आज) बाटै खोप लगाउन सुरु गरिसकेका छन् ।

उनीहरुलाई २३ फागुन भित्रै खोप लगाउने कार्यक्रम स्वास्थ्य मन्त्रालयले बनाएको छ । उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाउने गरि मन्त्रालयले तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ