arrow

राष्ट्रपतिले कोरोना बिरुद्धको खोप लगाउनुअघि स्वास्थ्य अवस्था बुझ्ने

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना बिरुद्धको खोप लगाउनुअघि स्वास्थ्य अवस्था बुझ्ने भएकी छन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपतिले खोप लगाउने वा नलगाउने भन्ने अहिलेसम्म तय भएको छैन । 

‘स्वास्थ्य अवस्था लगायत सबै कुरा विचार गरेर लगाउने नलगाउने टुंगोमा पुग्छौं, अहिलेसम्म तय भएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले हाम्राकुरासँग भने । उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ अधिकारीहरुले भने २३ फागुनमा खोप लगाउने कार्यक्रम छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसदका कर्मचारी, मर्यादापालक र संसद सम्वन्धि समाचार लेख्ने पत्रकारहरुले भने बुधबार (आज) बाटै खोप लगाउन सुरु गरिसकेका छन् । उनीहरुलाई २३ फागुन भित्रै खोप लगाउने कार्यक्रम स्वास्थ्य मन्त्रालयले बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ