arrow

कांग्रेसले बोलायो संसदीय दल बैठकः संसदमा कसरी प्रस्तुत हुने भन्ने छलफल हुँदै

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
congress_dal.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते संसद बैठक बस्ने भएकाले संसदमा कसरी प्रस्तुत हुने भन्ने छलफल गर्न कांग्रेसले २१ फागुनका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संसमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । ‘संसद बैठक २३ गते बस्दै छ, सो बैठकमा हामी कसरी जाने भमन्ने विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ कांग्रेस प्रमुख सचेतक खाँणले हाम्राकुरासँग भने ।

कांग्रेसले संसदमा पै्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव आउने अवस्थामा कसरी जाने भन्ने विषयमा बैठकबाट ठोस निणर्य गर्ने छ । सम्भवतः बैठकले प्रस्तावको पक्षमा निर्णय गर्ने सम्भावना रहेको कांग्रेस उच्च स्रोत बताउँछ ।

‘यो अवस्था असंवैधानिक कदम अंगाल्ने पक्षलाई साथ दिने भन्ने त हुँदै होइन, तर नेकपा एउटै भएकाले के गर्ने भन्ने समस्यामा कांग्रेस छ, उनीहरु संसदमा कसरी आउछन्, त्यही अनुसार कांग्रेस अघि बढ्ने भन्ने छ,’ एक नेताले भने ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने छन् । यसअघि पदाकिारी बैठकमासमेत सभापति देउवाले नेकपाका दुवै समूहबाट आएका सत्ता सहकार्यको प्रस्तावबारे जानकारी गराएका थिए । 

सो बैठकले नेकपा भित्र आन्तरिक विवाद बढेपनि बैधानिक रुपमा एकै रहेकाले नेकपाको कुन पक्षसँग मिलेर अघि बढ्ने भन्ने निणर्य तत्काल नगर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ