arrow

प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव अघि बढाउने

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
prachanda-madhavs.jpg

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने प्रस्तावलाई अघि बढाउने भएको छ । 

बुधबार पेरिसडाँडामा सम्पन्न बैठकले दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई बुधबार नै बस्ने केन्द्रीय समिति बैठकमा लगिने भएको छ । केन्द्रीय समिति बैठकमा सदस्यहरुलाई नागरिकता र परिचय पत्र लिएर आउन सर्कुलर गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको थियो ।

तर निर्वाचन आयोगले पुस ५ यताका निर्णयहरुलाई मान्यता नदिएपछि दलको नेता परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ