arrow

दश मध्ये चार विद्यार्थीमा स्मार्टफोनको लत

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Mobile.jpg.jpeg

काठमाडौँ । किङ्गस कलेज लण्डनमा १ सय ४३ जना १८ देखि ३२ उमेर समूहका विद्यार्थीमाथि गरेको अध्ययनले १० मध्ये ४ जनामा स्मार्टफोनको लत देखिएको छ ।

मोबाइलको लत देखिएकाहरूमा खास गरी निद्राको समस्या उत्पन्न हुने देखिएको छ । मध्यरातमा र दिनमा ४ घण्टा भन्दा बढी समय फोन चलाउनेहरूमा लत लागेको पाइएको छ ।

१ हजार ४३ मध्ये ४०६ जना (३८.९ प्रतिशत)मा मोबाइलको लतको लक्षण देखिएको हो । मोबाइलको लत देखिएकामध्ये ६८ प्रतिशतलाई निन्द्रामा समस्या हुने गरेको देखिएको छ ।

मोबाइलमै व्यस्त हुँदै जाँदा जीवनका महत्त्वपूर्ण कामकुराहरू नै बिर्सिने एवं असन्तुष्टि महसुस गर्नेजस्ता समस्या देखिएको छ ।

यो बाहेकका धेरै अध्ययनहरुले मोबाइल फोनको अत्यधिक प्रयोग एवं लतका कारण मानिसहरूमा विभिन्न मानसिक समस्या देखिँदै गएका छन् ।  यो अध्ययनले वयस्क उमेर समुहकाहरुमा बढी लत लागेको देखाएको छ ।

पछिल्लो समय धेरै जसो मानिसहरूको दैनिकी नै मोबाइल बनेको छ । जसले उनीहरूलाई असन्तुष्टि, छटपटी एवं निद्रामा समस्या हुनेजस्ता समस्याहरू बढ्दै गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ