arrow

ताप्लेजुङका आगलागी पीडितलाई प्रति परिवार पाँच लाख रुपैंयाँ दिने गृहमन्त्रीको प्रतिवद्धता

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
taplejung_agni.jpg

काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई सरकारको तर्फबाट प्रति  परिवार पाँचलाख दिने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिईने आवास निर्माणको लागि भुकम्प पीडित तथा बाढी पीडित सो सरह पाँच लाख प्रतिपरिवार दिने बताएका हुन् ।

मन्त्री थापाले आगलागी पीडितको लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० बटा कम्बलर ५० वटा टेन्ड दिने बताए ।

ज्ञापन पत्र बुझाउन गएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुन स्थापनाको लागि भुकम्प पीडित सरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गरेका थिए उनले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुने गरी पानी ट्याङ्कीको ब्यवस्था,पीडितहरुलाई मर्का नपर्ने गरी ब्यवस्थित शहरको ब्यवस्था गरिदिन गृह मन्त्री थापासँग माग गरेका थिए ।

यता काठमाडौमा रहेका ताप्लेजुङबासीहरुबाट आर्थिक संकलन गर्न प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा एक  समिति निर्माण गरेको छ सो समितिको सह-संयोजकमा पूर्व संविधान सभा सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहेका छन् ।

सदस्यमा क्रमश चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे,टंक श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवी श्रेङ,अग्नी पौडेल, नन्दु बनेम, पदमजंग आङवुहाङ रहेको छन् । पूर्वमन्त्री भट्टराईले ५ लाख र प्रदेशसभा सदस्य आङबुहाङ ३ लाख रकम दिएर आर्थिक संकलन शुरु गरेको बताएका छन् ।

मंगलवार ताप्लेजुृङको मेरिङदेन ३ दोभान बजारमा भएको आगलागीमा ४९ घर जलेर ध्वस्त भएको छ र त्यसबाट ७९  परिवारको सम्पूर्ण धनमाल नष्ट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ