arrow

प्रचण्ड-नेपाल पक्षले दलको नेताबाट ओली र उपनेता नेम्वाङलाई हटायो

प्रभु साह, शान्ता चौधरीलगायतलाई निलम्बन

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Prachanda-Nepal.jpg

काठमाडौं । बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने तयारी गरेको छ ।

नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

त्यस्तै बैठकले दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने भएको हो ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको थियो ।

त्यस्तै ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने भएको छ ।

बैठकले सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, महेश बस्नेत, कर्ण बहादुर थापालगायतलाई पनि केन्द्रीय सदस्यबाट निष्कासन गर्ने भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ