arrow

झुटा मुद्दामा नेता आलमलाई फसाइयो : देउवा

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ फागुन १९ बुधबार
deuba26.jpg

रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद मोहम्मद आफताव आलमलाई विभिन्न झुटा मुद्दाहरूमा फसाइएको आरोप लगाएका छन् ।  रौतहटको गढीमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित  श्री विष्णु महायज्ञको उद्घाटन गर्न आएका काँग्रेस सभापति देउवाले नेकपा सरकारले विभिन्न झुटा मुद्दाहरूमा काँग्रेस नेता आलमलाई फसाएको आरोप लगाए ।

सभापति देउवाले पूर्व सांसद आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताए । सभापति देउवाले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रूपमा उनीमाथि लागेको मुद्दालाई सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिबद्धता समेत जनाए । निलम्बित सांसद आलम इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन्।

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान अवस्थाका बारेमा आफू र नेपाली काँग्रेस पार्टी चिन्तित रहेको बताएका छन् ।
 
रौतहटको गढीमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित  श्री विष्णु महायज्ञको उद्घाटन गर्न आएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने र सत्यको पक्षमा उभिने पाटी भएकाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा सत्यलाई मात्र साथ दिने बताएका हुन् । उनले  असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यकता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताए।

दुई तिहाइ जनताको मत पाएर पनि सत्ता सञ्चालन गर्न नसक्ने नेकपाका कारण सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था माथि नै खतरा उत्पन्न भयो, 'उनले भने मुलुकलाई नेपाली काँग्रेसको आवश्यकता पर्‍यो भने निकास दिन हामी तयार छौँ ।’

सत्ता सञ्चालन कसरी गर्ने बारे नेकपा भित्रको आन्तरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको वन्दी बनाउने, आपसी गुट वाजी गरी पार्टी विभाजन तर्फ जाने जस्ता कार्यबाट नेपाली जनताहरू आजित भएको परिवेशमा यो व्यवस्था जोगाउन नेपाली काँग्रेसले कुनै कसर बाँकी नछोड्ने उनको भनाई थियो । सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ