arrow

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको ‘दि ट्रुथ्स वी होल्ड’ पुस्तक नेपालीमा आउँदै

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Kamala-Harris-Book-Desing.jpg

काठमाडौं । अमेरिकी इतिहासकै पहिलो उपराष्ट्रपति बनेकी कमला ह्यारिसको किताब  ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा भाषामा अनुवाद हुने भएको छ ।उक्त पुस्तक नेपालीमा प्रकाशन गर्नका लागि ‘वी रिड’ले अनुमति पाएपछि नेपाली भाषामा अनुवाद हुने भएको हो ।

कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गरिने जानकारी दिइन् ।  कमला ह्यारिस जमैकाबाट अमेरिका पुगेका आप्रवासी बुवा डोनाल्ड ह्यारिस र भारतबाट अमेरिका पुगेकी श्यामला गोपालनकी छोरी हुन् । 

कमलाको जन्म सन् १९६४ अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको थियो। उनकी आमा क्यान्सर अनुसन्धानकर्ता श्यामला गोपालन र बुवा जमैकाका अर्थशास्त्री हुन् । 

कमलाका बुवा र आमाको भेट स्नातक डिग्री अध्ययनका क्रममा बर्कलेमा भएको थियो । उनका बुवा आमा अमेरिकी नागरिक अधिकार आन्दोलनमा सक्रिय थिए । अभिभावकको राजनीतिक चेतना प्रभाव सानैदेखि कमलामा पनि पर्‍यो ।

उनकी आमा र बुवाको सम्बन्ध विच्छेद हुँदा कमला ७ वर्षकी थिइन् । तर त्यसपछि आमाको अभिभावकत्वमा हुर्केकी कमलाको व्यक्तित्वमा उनकी आमाको विशेष प्रभाव रह्यो ।

कमलाले सानै उमेरदेखि कालो वर्णका मानिसले भोग्ने भेदभाव र त्यसको प्रतिरोध देखिन्। आफैले पनि त्यस्ता विभेद बाल्यकालदेखि नै भोग्नुपर्‍यो । यही देखाइ भोगाइ उनको राजनीतिमा सक्रिय हुने एउटा प्रमुख प्रेरणा बन्यो ।

‘दी ट्रुथ्स वी होल्ड’ मा उनले लेखेकी छन्, ‘म परिवर्तनका लागि जीवनभर न्यायको खोजीमा एकजुट भएका वयस्कहरूबाट नारा र जुलुस हेर्दै हुर्किएँ। त्यहीँ मैले यो सबै प्रक्रियामा हाम्रो आफ्नै पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने जानेँ।’

कमला एटर्नी जनरल, सिनेटलगायत प्रभावशाली पदहरू सम्हाल्दै लामो यात्रा पार गरेर अमेरिकाको राजनीतिमा नयाँ इतिहास रच्न सफल भएकी हुन् ।

कमलाको 'ट्रुथ्स वी होल्ड' सन् २०१९ मा चुनावी अभियानअघि सार्वजनिक भएको पुस्तक हो । पुस्तकमा उनको करियर, निजी अनुभव र वैचारिक धारणाको मिश्रण भेटिन्छ ।  

२०१९ मा, उनले बाल साहित्य सुपरहीरोज आर एभ्रिव्हेर र कानुनी न्यायका पक्षमा लेखिएको स्मार्ट अन क्राइम अ करिअर प्रोसिक्युटर्स प्लान टु मेक अस सेफर पनि प्रकाशित छन् ।

गत जनवरी २० मा कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति पदमा पुग्ने पहिलो महिला एवं पहिलो कालो वर्ण र दक्षिण एसियाली महिला बनेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ