arrow

सरकार-विप्लव समूहबीच एकै दिन दुई वार्ता

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ फागुन १९ बुधबार
Biplop_barta.jpg

काठमाडौं। सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार (आजै) फेरी सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो । 

दोस्रो चरणको वार्ता कहाँ गरियो भन्ने बारे केही खुलाइएको छैन । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधवार नै भएको जानकारी दिएका हुन् ।

‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले ट्विटमा लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ