arrow

मेगा बैङ्कका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
mega-bank.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडका ग्राहकहरूलाई सिद्धार्थ ग्रुप अफ बिजनेस हस्पिटालिटी बाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूमा विशेष छुटको व्यवस्था गरिएको छ।मेगा बैङ्क लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ।

सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटेल, रिशोर्ट तथा रेस्टुरेन्ट सञ्चालित छन्। जसमध्ये काठमाडौँ उपत्यकामा ८ वटा होटेल तथा रेस्टुरेन्टहरू छन्। अत्याधुनिक बैङ्किङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैङ्कले ग्राहकहरूलाई यो छुटको व्यवस्था गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ