arrow

सेञ्चुरी बैङ्कका थप दुई शाखा बालाजु र गौरीघाटमा

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
century-bank.gif

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा फाल्गुण १८ गतेबाट काठमाडौँको बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ।

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैङ्किङ सेवा तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गदै आएको छ।

बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा आए पछि बैङ्कको कुल शाखा १२२ पुगेको छ भने बैङ्कले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैङ्किङ र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ