arrow

विदुर नीतिका अनुसार यी चार प्रकारका मानिसको हुन्छ कम आयु

logo
विदुर नीति,
प्रकाशित २०७७ फागुन १९ बुधबार
vidur-niti1.jpg

काठमाडौँ । विदुर महाभारत कालका प्रख्यात विद्वान हुन् । उनलाई दूरदर्शी र महान् विचारक भन्नु गलत हुँदैन । किनभने उनले भनेका कुरा भूत र भविष्य कालमा पनि सत्य साबित भएका छन् ।

विदुर नीतिका अनुसार खराब बानीहरूले मनुष्यलाई पतन तर्फ लिएर जान्छ । नीतिका अनुसार केही विशेष प्रकारको नराम्रो बानी (कुलत)  हुने मानिसको आयु पनि कम हुन्छ। विदुर नीतिमा, महात्मा विदुरले लोकहितमा कयौँ सूत्रहरू बताएका छन् । महात्मा विदुरका अनुसार चार प्रकारका व्यक्तिहरूको आयु छोटो हुन्छ।

विदुरका अनुसार हर समय आफ्नो प्रशंसा गर्ने र आफूलाई बुद्धिमान ठान्ने मानिस अहङ्कारी, घमन्डी हुन्छ। केही व्यक्तिहरू आफूलाई सर्वश्रेष्ठ, उत्तम सम्झन्छन्, त्यस्ता व्यक्तिहरूको उमेर कम हुन्छ।

विदुर नीतिका अनुसार लोभ सबैभन्दा खराब हो। विदुर भन्छन् एक लोभी र स्वार्थी व्यक्ति लामो समय सम्म बाँच्दैन। लोभ र स्वार्थलाई व्यक्तिको शत्रु मानिन्छ।

क्रोध मानिसको सबैभन्दा खराब शत्रु हो। रिसाएको मानिसले गलत काम गर्दछ । त्यसबाट उसले आफ्नो सम्पूर्ण जीवन पश्चात्ताप गर्नुपर्दछ। त्यस कारण, जब  रिस उठ्छ, तुरुन्त यसलाई काबुमा गर्ने कोसिस गर्नुपर्छ।

समाजमा सुख, शान्ति कायम गर्न मानव भित्र त्यागको भावना हुनुपर्दछ । जो व्यक्ति त्याग गर्न जान्दैन उसको पनि चाडै मृत्यु हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ