arrow

समुदायमा आधारित चोरी सिकार नियन्त्रण दिवस मनाइयो

logo
हरि गुरुङ्ग,
प्रकाशित २०७७ फागुन १९ बुधबार
Bardiya-antipoaching-unit.jpg

बर्दिया। मधुबन नगरपालिका वार्ड नं.-३ खातामा "वन र जीविकोपार्जन : पृथ्वीमा दिगो जीवनको आधार " भन्ने मूल नाराका साथ समुदायमा आधारित चोरी सिकार नियन्त्रण (CB-APU) दिवस भव्य रूपमा १९ फाल्गुन २०७७ का मनाइएको छ। 

डिभिजन वन कार्यालय बर्दिया र खाता सामुदायिक वन समन्वय समिति मधुबन नगरपालिका वार्ड नं.-३ खाता बर्दियाको सहयोग थियो भने खाता, बसन्ता र खैरी सामुदायिक वन समन्वय समितिको आयोजना रहेको थियो।समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा परिचालन समूह २०६५ सालमा पहिलो पटक बर्दियाबाट सुरुआत गरेको हो। 

यस खाता जैविक मार्गमा पहिले पहिले विभिन्न ठाउँबाट आइ चोरी सिकार , तस्करी गर्ने गरेको पाइन्छ। चोरी सिकार नियन्त्रण गर्न जैविक मार्ग क्षेत्र र राष्ट्रिय वन क्षेत्रहरूका युवाहरूलाई एकत्रित गरी (CB-APU) गठन गरिएको हो।युवा पूर्ण रूपमा नि:शुल्क काम गर्दैछ्न् । यस दिवसलाई नेपाल सरकारले २०७१आषाढ ६ गते राष्ट्रिय दिवसको रूपमा मान्यता दिएको छ। 

यो दिवस  मार्च ३ तारिखमा भव्य रूपमा मनाइने गरिन्छ। CB-APU का कारण यस बर्दिया जिल्ला शून्य चोरी सिकार हुनबाट सफल भएको छ।यसै गरी वन वातावरण, चोरी सिकार नियन्त्रण बारेमा जनचेतना सूचना प्रवाह गरे बापत रेडियो टाइगर ९९.२ मेगाहर्ज भुरिगाउँ बर्दियालाई नगद रु.७००० सहित प्रमाणपत्र  सम्मान गरेको छ भने दुई जनालाइ संरक्षण क्षेत्रमा अहम् भूमिका निर्वाह गरे बापत भदै थारु र ठग्गु थारुलाई नगद रु.७०००/७००० सहित प्रमाणपत्र सम्मान गरेको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल श्री महेन्द्र राज वाग्ले खाता सब-डिभिजन वन कार्यालय सानोश्री बर्दियाका सन्तोष चौधरी खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष बलिराम चौधरी भग्रैया बि.ओ.पि.सशस्त्र प्रहरी निरीक्षक अस्मित मगर, इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक राजन गौतम,  तराई भुपरिधी कार्यक्रम (TAL) का सह-प्रबन्धक मुना थापा र विभिन्न सामुदायिक वनका CB-APU हरुको उपस्थिति रहेको थियो। "संरक्षणको महान् अभियानमा सके सपारौँ नसके नबिगारौँ" जय संरक्षण!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ