arrow

प्रचण्डलाई आफ्नै पक्षका नेताले उठाए प्रश्न: भारत र चीनका लागि ‘कम्फर्टेबल सरकार’ भनेको के ?

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Prachanda-Nepal.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलभिजनलाई दिएको अन्तरवार्ताबारे चर्चा भएको छ ।

केही दिन अघि नेपाल-भारत सम्बन्धका विषयमा प्रचण्डले ‘कम्फर्टेबल सरकार बनाउने’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर प्रश्न उठेको हो ।

केन्द्रीय समितिको बैठकमा बुधबार उक्त अन्तरवार्तामा बोलेको कुरालाई लिएर केही नेताले प्रश्न गरेपछि प्रचण्डले जवाफ दिनुपरेको छ । उनले अन्तरवार्तामा बोलेको कुरालाई गलत प्रचार भएको दाबी गरे ।

नयाँ सत्ता समीकरका विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिबारे आलोचना भएपछि प्रचण्डले प्रष्टिकरण दिनुपरेको हो । उनलाई केही नेताहरुले भारत र चीनका लागि ‘कम्फर्टेबल सरकार’ भनेको के ? भनेर प्रश्न गरेका थिए ।

प्रचण्डले बोलको अंशमध्ये ‘हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ’ भनेको कुराले धेरै चर्चा पाएको थियो। प्रचण्डले यस्ता संवेदनशील विषयमा बोल्दा अबदेखि ध्यान दिने बताएका थिए ।

बैठकमा ओलीको निर्णयलाई अदालतले गलत साबित गरेपनि पदबाट राजीनामा नदिनु र संसद् फेस गर्न खोज्नु लोकतान्त्रिक परिपाटी विपरीत भएको निष्कर्ष निकालेको छ।

त्यस्तै निर्वाचन आयोगले नेकपा विवादबारे निर्णय गर्न ढिलाइ गरेको भन्दै निन्दा गरिएको छ । बैठकले प्रचण्ड-नेपाल समूहले २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तयार पार्ने जिम्मेवारी सचिवालय र स्थायी कमिटीलाई दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ