arrow

युनाइटेड बराबरीमा रोकिँदा सिटीलाई उपाधि जित्न सजिलो

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
40015964-9323283-image-a-52.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई उपाधि जित्न सजिलो भएको छ । लिग तालिकाको दोस्रो स्थानको युनाइटेड १३ औं स्थानको क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएपछि सिटीले अग्रतालाई अझ बलियो बनाएको हो । 

बुधबार राति क्रिष्टलको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीपछि २७ खेलबाट सिटी ६५ अंकसहित शीर्ष स्थानमा हुँदा दोस्रो स्थानको युनाइटेडको ५१ अंकमात्र भएको छ । सिटीले १४ अंकको अग्रता बनाएको छ । 

अन्य खेलको नतिजा
बुधबार रातिका अन्य खेलमा बर्नली र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् । त्यसैगरी पुछारको शेफिल्ड युनाइटेडले घरेलु मैदानमा एस्टन भिल्लालाई १–० गोल अन्तरले हराउन सफल भएको छ । 

अंक तालिका
म्यानचेस्टर सिटी ६५ अंकसहित शीर्ष, दोस्रो स्थानको युनाइटेडको ५१, तेस्रो स्थानको लेस्टरको ५० अंक छ । चौथो वेष्टह्याम युनाइटेडको ४५ अंक छ । 

पाँचौं चेल्सीको ४४, छैटौं लिभरपुलको ४३ तथा सातौं एभर्टनको पनि ४३ अंक नै छ । 

फुल्हम, वेष्टब्रोमविच आल्बियन र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ