arrow

सरकार र प्रतिबन्धित विप्लव समूहबीच निर्णायक वार्ता 

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
biplav-barta.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार र प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार पनि वार्ता हुँदैछ ।

बुधबारदेखि शुरू भएको वार्ता बिहीबार निष्कर्षमा पुग्ने सरकारी पक्षको दाबी छ । तर विप्लव पक्षले भने अहिलेसम्म आफ्ना मागहरूमा सरकारले चासो नदिएको आरोप लगाइरहेको छ । 

पहिलो दिन बुधबार तीन पटक वार्ता भएको थियो । दुई वटा वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए भने रातिको अन्तिम वार्ता गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवास पुल्चोकमा भएको थियो । 

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेतृत्व गरेका छन् । 

वार्तामा सरकारी टोलीले विप्लव समूहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफूसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।

तर विप्लव समूहले भने पहिले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका आफूहरुका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने र हुँदै नभएका मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ । 

वार्तालाई बिहीबारै निष्कर्षमा पुर्याउने तयारी भइरहेको बुझिएको छ । तर सरकारी पक्षले अझै खुलेर कुरा नगरेको आरोप विप्लव समूहको छ । 

र, यो पनि –

विप्लव समूहलाई सरकारमा सहभागी गराउनेसम्मको ओलीको तयारी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ