arrow

सरकार र विप्लव नेकपाबीच सहमति, प्रधानमन्त्री र विप्लवले सम्वोधन गरी सहमति सार्वजनिक गर्ने 

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
biplop-sarkar_sahamati1.jpg

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएको छ । उक्त सहमति अनुसार शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्वोधन गरी सहमति सार्वजनिक गर्ने भएका छन् । 

सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । बिहान सरकारका तर्फबाट गृहमन्त्री तथा वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा  ‘प्रकाण्ड’ ले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा संचालन गर्ने र सरकारको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीमा लगाइएको प्रतिवन्ध हटाउने र सम्पूर्ण बन्दीहरुको रिहाइ साथै मुद्दा खारेजी गर्ने सहमति भएको संयुक्त रुपमा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

यसको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे भब्य कार्यक्रम गरी सरकारका तर्फबाट प्रधानमन्त्री ओली र नेकपाका तर्फबाट महासचिव ‘विप्लव’ले सम्वोधन गरी सार्वजनिक गर्ने निर्णय भएको हो । 

गत मंगलबार सरकारका तर्फबाट बादलको नेतृत्वमा र विप्लवका तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन भएको थियो । 

त्यसपछि बुधबार तीन पटकसम्म छलफल भएको थियो । दुई वटा वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए भने रातिको अन्तिम वार्ता गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवास पुल्चोकमा भएको थियो । 

बिहीबार वार्ता निष्कर्षमा पुर्याउने योजनाअनुसार नै वार्ता सफल भएको दाबी गरिएको छ । 

विप्लव समूहलाई सरकारमा सहभागी गराउनेसम्मको ओलीको तयारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ