arrow

चारवटा हेलिकोप्टर चढेर एनआरएनएका अभियन्ताहरु लाप्राक बस्तीमा

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
Laprak_village.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अगुवाइमा निर्माण भएको गोरखाको लाप्राक नमूना वस्ती आउँदो वैशाख १२ गते भब्य समारोहबीच हस्तान्तरण गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका अभियन्ताहरुले नमूना वस्ती परियोजनाको अन्तिम चरणको अवलोकन गर्दै समूदायलाई हस्तान्तरण प्रक्रिया अघि बढाएका हुन् । विहीवार चार हेलिकप्टरसहित एनआरएनए करिब २० जना अभियन्ताहरुको टोली लाप्राक नमूना वस्ती पुगेका थिए ।

लाभग्राहीका तर्फबाट बडा अध्यक्ष राज गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै बस्ती अब छिटो सम्पन्न हुनेमा विश्वस्त भएको र सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । परियोजनाका सहसंयोजक श्याम तामाङ्गले बस्ती निर्माण सम्बन्धि भएका प्रगतिहरुबारे जानकारी गराउंदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष कुमार पन्तले, संघको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण भएकोले यसप्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तीमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहने बताए ।

परियोजनाका कार्यहरु अन्तिम चरणमा पुगेको र बाँकी कामहरु बैशाखको पहिलो हप्तामा सक्ने संघका उपाध्यक्ष सोनाम लामाले जानकारी गराएका छन् ।

अवलोकन कार्यक्रममा सहभागी हुन राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोरखाली, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, स्पेनबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य चिन्तामणी सापकोटा, एनसिसिका युएसका निवर्तमान अध्यक्ष डा.केशव पौडेल, एनसिसि युएसएका उपाध्यक्ष बुद्धिसागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामांग गोर्खाको धार्चे पुगेका थिए ।

संचारकर्मीहरु, कार्यक्रममा उपस्थित धार्चे गाउँपालिका अध्यक्ष, स्थानीय प्रतिनिधिहरु, लाभग्राहीहरु लगायत अवलोकन भ्रमणमा सहभागी थिए । निर्माण सामग्री अभावका कारण निर्माणाधीन एकीकृत नमूना वस्तीको काम रोकिएको थियो । वस्तीमा ५ सय ७३ घर बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ