arrow

नबिल बैङ्कको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा साथ

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
nabil-support.jpg

काठमाडौँ। कोभिड–१९ महामारी विरुद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबल बैङ्क, एसियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउन्डेसनद्वारा स्थानीय अग्रपङ्क्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरिएको छ।

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरूमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपत्कालीन प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ। दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय सङ्गठनहरूका २८० भन्दा बढी अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूले सक्रिय रूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिए।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतीहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र अग्रपङ्क्ति स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपत्कालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान् जानकारीहरूको खोजी गर्न मद्दत गर्छ।

स्वास्थ्य आपत्कालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल हो, जुन सङ्घीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्‍याएकोमा प्रशंसनीय छ। कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाज सङ्गठनहरूको पहललाई सहयोग पुर्‍याउन निजी क्षेत्रले स्थानीय रूपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरू चाल्न सक्छन्।

यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरूलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपत्कालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रूपमा उभ्याउने बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ