arrow

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, तीन वटा ठूला झड्का

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
earthquake2.jpg

काठमाडौं । न्यूजिल्याण्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहानै तीन वटा शक्तिशाली धक्का गएका थिए । जसमा सबैभन्दा ठूलो धक्का ७.२ रेक्टर स्केलको थियो । 

तेस्रो धक्कापछि सुनामीको खतरा भएको बताइएको थियो । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको त्यहाँको सरकारले जनाएको छ ।

राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको बताइएको छ । सो क्षेत्रमा १३ मिटरभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान थालेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ