arrow

सेयर भर्ने हो ? खुल्यो ज्योतिको आईपीओ

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
IPO_SHare.jpg

काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरु सेयरमा बजारतर्फ आकर्षित भएका छन् । घरमै बसीबसी लगानी गरेर आम्दानी हुन्छ भने किन नगर्ने भन्नेहरु धेरै भइरहँदा शुक्रबारदेखि ज्योति लाइफ इन्स्युरेन्सको आईपीओ खुलेको छ । 

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ५९ लाख ४० हजार कित्ता सेयरमात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

बाँकी ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म किन्न सकिने छ । 

बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ