arrow

नरेन्द्र मोदीसँगै सौरभ गांगुली भाजपाको र्यालीमा

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
sourav-ganguly-bicc-2019.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष एवं पूर्व कप्तान सौरभ गांगुली अन्ततः भारतीय जनता पार्टी भाजपामा समेटिएका छन् । उनी चुनावी दौरानका क्रममा बंगालमा देखिने भएका छन् । 

आगामी आइतबार (मार्च ७ ) मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गांगुली पनि कोलकातामा हुने ऐतिहासिक परेड र्यालीमा सहभागी हुने भएका हुन् । 

भारतीय संचारमाध्यमहरुले विभिन्न सूत्रको प्रयोग गर्दै गांगुली सहभागी हुने जनाएका हुन् । उनी भाजपामा आउने कथाको रचना सन् २०१९ को डिसेम्बरमै गरिएको दाबीसमेत गरिएको छ । 

गृहमन्त्री एवं भाजपा अध्यक्ष अमित शाहले यसको तयारी गरेका थिए । सोही कारण शाहले पहिले गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाएका थिए । शाहका छोरा जय शाह त्यसपछि बीसीसीआईका सचिव बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ