arrow

तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनबारे सरकार किन मौन ? – अर्जुननरसिंह केसी

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
Arjun-Narasing-Kc-260x300.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति वार्तामा आउनु अत्यन्त सकारात्मक भएको बताएका छन् । 

उनले ‘शान्तिको विकल्प छैन हिंसाको भविष्य हुन्न’ भन्दै सहमतिमा आउनु सकारात्मक भएको बताए । शान्तिप्रक्रियाप्रतिको प्रतिवद्धता सकारात्मक भन्दै नेता केसीले सरकार र विप्लव नेकपाबीचको तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण प्रक्रियामा प्रतिवद्धता जनाएको स्वागतयोग्य भएको बताएका छन् । 

तर तीन बुँदेमा हतियार व्यवस्थापनको विषय नउठ्नुलाई उनले गम्भीर आपत्ति जनाएका छन् । उनले भने, ‘तीन बुँदेमा एउटा शान्तिपूर्ण प्रक्रियाको प्रतिवद्धता, बन्दी कार्यकर्ता रिहाई र मुद्धा फिर्ता बाहेक महत्वपूर्ण कुरा हतियार ब्यवस्थापनको हो । त्यसमा सरकार मौन छ ।’

उनले अगाडि थपे, ‘उनीहरुसँग हतियार छँदै छैन भन्ने कुरा त खुट्याउन सकिँदैन । हतियार व्यवस्थापनको कुरा त्यत्तिकै महत्वपूर्ण छ । त्यसमा सरकार किन मौन छ ?’

नेता केसीले पीडकहरुको पक्षमा पनि प्रश्न उठाएका छन् । उनले भने, ‘राजनीतिक प्रक्रियामा सहमति र शान्ति प्रक्रिया सँगसँगै पीडितहरुको उचित व्यवस्थापन र भरणपोषणका पक्ष पनि त्यत्तिकै गम्भीर छ । त्यतातिर ध्यान जानु पर्छ ।’

उनले थपे, ‘कुनै पनि समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाटै सम्भव छ । सम्वाद र सहमतिबाटै निष्कर्ष निकाल्नुपर्छ भन्ने कुरामा विवाद पनि छैन र शान्तिपूर्ण रुपले राजनीतिक गतिविधि गर्ने काम स्वागतयोग्य छ ।’

विप्लव नवलपरासीबाट काठमाडौं आउँदै

विप्लव समूहसँगको दुई वर्षको प्रयास बल्ल सफल, दिउँसो २ बजे विप्लव र प्रधानमन्त्रीले मञ्च सेयर गर्दै

केपी ओलीको नयाँ सारथी अर्थात नेत्रविक्रम चन्द 'विप्लव'

प्रतिबन्ध लगाउन भूमिका खेल्नेबाटै फुकुवाको भूमिका, के विप्लव सत्तामा जालान् ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ