arrow

प्रभु बैङ्कले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्युआर कोड हस्तान्तर

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
prabhu-qr-code-fewatal.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सङ्कलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न क्युआर कोड हस्तान्तर गरेको छ।

फेवातालको बिचमा रहेको वाराही मन्दिरमा शुक्रवार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालज्यूले क्युआर कोड हस्तान्तर गरेका हुन्।

यो सुविधा सँगै मन्दिरमा भक्तजनहरूले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन्। नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढवा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ