arrow

सीसीपी स्थापनाको एक शताब्दी : उत्तराधिकारी नहुँदा सी चिनफिङ झनै शक्तिशाली

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
xi-marx.jpg

काठमाडौँ । सन् २०२१ को जुलाई मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)स्थापनाको एक शताब्दी पूरा हुँदै छ । पार्टी स्थापनाको सयौँ वार्षिकोत्सवमा वर्तमान लिडर सी चिनफिङ झनै शक्तिशाली हुँदै उपस्थित हुने भएका छन् ।

सन् २०२२ को नोभेम्बरमा पार्टी महासचिवको रूपमा सी चिनफिङको पहिलो दश वर्षे कार्यकाल सकिँदै छ । यसै बेला सीसीपीको नयाँ लिडर सार्वजनिक हुनुहुँदा चिनियाँ राजनीतिक परिवर्तनको मुख्य समयका रूपमा मानिन्छ ।

यद्यपि अहिले सीसीपीमा कुनै नयाँ उत्तराधिकारी नहुँदा सी चिनफिङले नै पार्टी नेतृत्व गर्ने देखिएको छ । एसओएस चीनका निर्देशक स्टिभन साङले 'सी चिनफिङको उत्तराधिकारी को हुन्छ भन्ने स्पष्ट छ, त्यो सी चिनफिङ नै हुन्', उनले भनेका छन् ।

परम्परागत रूपमा नै प्रत्येक मार्चमा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्स (पीसीसी) र नेशनल पिपुल्स कङ्ग्रेस (चिनियाँ संसद)को बैठक हुने गर्छ । सो बैकले कानुन पास गर्ने र विशेष योजनामा छलफल गर्ने गर्छ ।

यस वर्ष १४ औँ पञ्च वर्षे योजना पास गर्ने बैठकको एजेन्डा रहेको छ । सन् २०२५ सम्म चीनले आर्थिक, प्राविधिक र जलवायु परिवर्तनका क्षेत्रमा गर्ने विकास एवं कार्य योजनाहरू यसमा छन् ।

यस वर्ष अर्को महत्त्वपूर्ण एजेन्डामा पनि यो बैठकले छलफल गर्ने भएको छ । सन् २०३५ सम्म चिनियाँ विकासको लक्ष्यका रूपमा अघि सारिएको योजनामाथि बैठकले छलफल गर्ने भएको हो ।

निकै नै विशेष योजनाका रूपमा मानिएको सन् २०३५ सम्म चिनियाँ विकास लक्ष्यका योजनाहरूबारेको जानकारी भने बाहिरिएको छैन । यसै योजनामाथिको छलफलले सले आफूलाई कति लामो समयसम्मका लागि नेतृत्वमा हेर्छन् भन्ने कुराको पनि सङ्केत गर्ने देखिएको छ ।

खास गरी सात सदस्यीय पोलिटब्युरो स्थायी समितिबाट सीसीपीको नयाँ लिडर चयन हुने गर्छ । तर, अहिले सो समितिका सबै सदस्यहरू अनौपचारिक रुपले सेवा निवृती उमेर ६८ वर्ष हुँदा नयाँ दश वर्षे कार्यकालको नेतृत्व गर्नका लागि बुढो हुने ठानिएका छन् ।

उसो त सबै विज्ञहरू सी चिनफिङ आफैले नेतृत्व गर्नेमा जानकार र सहमत नै देखिएका छन् । सन् २०१८मा सीले राष्ट्रपतिको पदमा संवैधानिक अवधिको सीमा हटाएका थिए ।

१० वर्ष संवैधानिक अवधिको सीमा हटाउँदै सी जीवनभर नै नेतृत्व गर्न सक्ने शक्तिमा पुगेका थिए । अब, कार्यकाल १८ महिना मात्रै बाँकी रहेको बेला सी नै नयाँ लिडर बन्ने निश्चित नै देखिन्छ ।

तर, २० औँ पार्टी कङ्ग्रेस अर्थात् सी चिनफिङको १० वर्ष कार्यकाल थपिएर उनले फेरि नेतृत्व सम्हाल्ने मिति (सन् २०२२ को नोभेम्बर)मा आफ्नो उत्तराधिकारी तोक्नु र नताक्नुले दुई अर्थ खुलाउने ठानिएको छ ।

यदि सीको उत्तराधिकारी पार्टीमा देखिए भने पाँच वर्षपछि अर्थात् सन् २०२७ मा ती उत्तराधिकारीले नेतृत्व गर्ने छन् भन्ने बुझिनेछ र यदि सीले उत्तराधिकारी चयन गरेनन् भने, अझै लामो समय चीनको नेतृत्व सीले नै गर्छन् भन्ने स्पष्ट हुनेछ ।

अहिले, राष्ट्रपतिबाहेक केही अन्य ठुला पदका लागि समेत उत्तराधिकारीहरू रहेका छैनन् । जस्तैकी सोही अवधिमा कार्यावधी सकिने चीनका प्रिमियर ली केकियांगका उत्तराधिकारी को बन्ने पनि स्पष्ट छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ