arrow

सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
badal-prakanda-ncp.jpg

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको हो ।
    
सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले हस्ताक्षर गरे ।

 शुक्रवार राष्ट्रियसभा गृहमा ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ कार्यक्रम गरेर दुवैबीच  हस्ताक्षर भएको हो  ।

 दुवै पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेता कार्यकर्ता रिहाइलगायत तीन बूँदे सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ