arrow

तीन बुँदे सहमति इमान्दारिताका साथ पालना गर्न प्रतिवद्ध छौं : विप्लव

‘गीतमा भनेजस्तो जुन र घाम भेट नहुँने होइन तर आज भेट भो’

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
chand-biplab.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द विप्लवले सरकार र आफ्नो समूहविच भएको तीन बुँदे सहमति इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सरकार र नेकपा विप्लव समूहविच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोहमा सम्बोधन गर्दै उनले शहिदहरुको सपना र आकाक्षा पूरा गर्न र जनताको समृद्धिको चाहना अब खुल्ला राजनीतिबाट पूरा गर्ने बताए ।

सहमति पत्र सफलतापूर्व तयार पार्न खटिएका सदस्यहरुलाई धन्यवाद दिंदै उनले यो सहमति सरकार र पार्टीको मात्र होइन महान र सुन्दर देश बनाउने साथै समृद्धीको चाहना पूरा गर्ने भएको बताए ।

सुखानीका शहिदहरु स्मरण गर्दै आजको दिन शहिदहरुको सपना र आकाक्षा पूरा नभएको बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलन गर्नेहरुले दुःख नभोगेको र मृत्युको मुखबाट फर्किएको कोही छैन् । जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं त्यो पूरा भएको छैन । सरकार हामीले एउटा जिम्मेवारी पुरा भएको महसुश भएको छ ।’

महासचिब विप्लवले समाजमा चारथरी मानिसहरु भएको तर ती मानिसहरुले गुनासो राख्ने तर जाग्न नसक्ने भएकाले तिनीहरुको प्रतिनिधित्व आफूहरुले गर्ने जिकिर गरे । उनले नेपाल देशमाथि गिद्धेदृष्टि राख्नेविरुद्ध विद्रोह गर्ने भन्दै कम्युनिष्ट आन्दोलन एउटा शान्तिको दूत पनि हो भने ।

महासचिब विप्लवले भने, गीतमा भनेजस्तो जुन र घाम भेट नहुने भन्ने होइन । जुन र घामको पनि भेट हुँदोरहेछ । आज त्यही भो । देश हामी बनाउछौं । नेपाली समाजको रुपान्तर २००७ सालदेखि हुँदै आएको छ । तर पुरा भएको छैन, त्यसलाई पूरा गर्छौं ।’

उनले अहिलेपनि नेपाली जनताहरु सुरक्षित नभएको उल्लेख गर्दै भने, ‘झुपडी, महल, शहर गाउँ जताततै छ सुरक्षाको अनुभूति छैन् तर हामी शान्ति चाहन्छौं ।’ उनले कम्युनिष्टहरु विश्वमा युद्ध अन्त्य गर्न चाहने बताउँदै नेपालमा विदेशीले हस्तक्षेप गर्यो भने शरीर माटोमा गाडिन्छ तर छाडिन्न भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ