arrow

पचास हजार घुस रकमसहित रङ्गेहात पक्राउ

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
netra-prasad.JPG

हेटौँडा । ५० हजार घुस रकम सहित हेटौँडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । प्रदेश सरकार उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सब इन्जिनियर नेत्र प्रसाद लामिछाने घुस रकम सहित पक्राउ परेका हुन् ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ टंगालबाट खटिएको टोलीले रकम सहित उनलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद रिसालले बताए । उनलाई थप अनुसन्धानको लागि हेटौँडाबाट काठमाडौँ लगिएको छ ।

चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्ष देखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । उनको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाका प्रमुख विष्णु प्रसाद भण्डारीले बताए ।

उनले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५-०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको सिलसिलामा सेवाग्राही सँग रकम लिएको पाइएको भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ