arrow

विप्लवको आन्दोलन ‘फोर्स ल्यान्डिङ’ नभएर ‘सेफ ल्याण्डिङ’ हो : ओली 

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
kp-ba.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा अब हिंसात्मक आन्दोलनको अन्त्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा सम्बोधन गर्दै उनले सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले गरेको शान्ति सम्झौताको प्रशंसा गर्दै उनले विप्लवलाई पटक पटक बधाई दिए । ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु  । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’

ओलीले गत वर्ष पृथकतावादी गतिविधि गर्दै आएका सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै भने जनताले शान्ति खोजेको भन्दै जनताको सो आकाक्षा पुरा भएको पनि बताए ।

उनले यो विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ  भएको पनि बताए । कतिपयले रातारात वार्ता भएको भन्दै प्रचार गरेकोमा उनले आलोचना गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ