arrow

ओलीको दाबी: यो रातारात भएको होइन, बर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो  

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
kp-ba.JPG

काठमाडौं । नेकपाअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेको प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा गृहमा नेकपा नेत्र विक्रम चन्द विप्लव समूहसँगको हस्ताक्षर कार्यक्रममलाई सम्बोधन गर्दै उनले भने, ‘संसदीय दलको बैठक गर्दैछन्, खै कुन दलको हो, दलको नेता म यहैं छु ।’

प्रधानमन्त्री ओलीले केही समुहले देशलाई असफल पार्न खोजिरहेको आरोप लगाउँदै प्रचण्ड–नेपाल समूहलाई इंङ्गित गर्दै यस्तो टिप्प्णी गरेका हुन् ।

यसअघि हिजोमात्रै नेकपा प्रमण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाउँदै सम्पूर्ण सदस्यहरुलाई एसएमएसमार्फत आमन्त्रण गरेको थिए । सोही निर्णयमाथि प्रधानमन्त्री ओलीले व्यङय गरेका हुन् ।

ओलीले लामो समयदेखि रहेको वार्ताको प्रयास अहिले आएर सफल भएको बताए । उनले विप्लव र सरकारविच रातारत सहमति नभएको दाबी गर्दै भने, ‘केही दिन अघि मैंले रातारात सहमति भन्ने सुनें, यो रातारात भएको होइन, बर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ