arrow

प्रचण्ड संसदीय दलको नेतामा चयन, ओलीलाई सर्वसम्मतिले हटाएको दाबी

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
Prachanda-Nepal_group.jpg

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबारको संसदीय दलको बैठकमार्फत प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

समूहको बानेश्वरमा बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । आफूहरुलाई आधिकारिक नेकपा भएको दाबी गर्दै यसअघि प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जनाएको थियो ।

प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा लेखेका छन् ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको वैठकआज सिंहदरवारमा बस्यो ।

दलको कुल सदस्य संख्याको बहुमत उपस्थित बैठकले पार्टीको साधारण सदस्यबाट समेत निष्कासित केपी ओली दल नेता स्वतःनरहेको निर्णय गर्दै क. पुष्प कमल दाहाललाई सर्वसम्मतिले दल नेता चयन गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ