arrow

‘स्मृतिमा रवीन्द्र अधिकारी’

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
Rabindra_Prasad_Adhikari1.jpg

काठमाडौँ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा पुस्तकको सार्वजानिक गर्दै स्व।अधिकारीका बहुआयामिक योगदानका विषयमा १२२ लेखकका लेख समेटिएका छन् ।

प्रतिष्ठानका सल्लाहकार प्राडा हेमनाथ पौडेलले  अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र उनका योगदानका विषय समावेश गरिएको जानकारी दिए । 

उनका अनुसार पुस्तकका शुरुआती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१  राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ । अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ । अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिनुभएको अन्तरवार्ता तथा मन्तव्यलाई पनि पुस्तमा समावेश छ । 

यस्तै वैचारिक विषय, हस्तलिखित सामग्री, शोक पुस्तिकाका अंश,  श्रद्धाञ्जलि र समवेदनामा विशिष्ट व्यक्तिबाट व्यक्त अभिव्यक्ति र उन सहभागि भएका महत्वपूर्ण कार्यक्रमका तस्वीर पनि पुस्तकका सामग्री रहेको प्राडा पौडेलले जानकारी दिए । 

प्रतिष्ठानका अर्का सल्लाहकार भरतराज पहारीले अधिकारी स्कुल पढ्दादेखि नै सामाजिक क्षेत्रमा लागेकाले पनि छोटो समयमै लोकप्रिय नेता बन्न सफल भएको बताए  । 

उनका सहकर्मी तथा सँगैका विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थी आन्दोलन र यातायातमा विद्यार्थी सहुलियत लागू गराउने सन्दर्भमा अधिकारीको योगदान भुल्न नहुनेमा बताए । अर्थविज्ञ डा सुर्यराज आचार्यले आर्थिक सामाजिक रुपान्तरणमा राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्छ भन्ने कमै नेतामध्ये स्व अधिकारी हुनुहुन्थ्यो भने ।

सांसद विन्दा पाण्डेले जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्न सक्ने असल नेताको रुममा अधिकारीलाई चिनेको बताए । 

मौसममा आएको खराबीका कारण दुई वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ