arrow

काल अनुसार उचित साधना गर्ने

logo
एसएसआरएफ,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
yoga.jpg

काठमाडौँ । जीवनमा प्रत्येक घटनाको लागि एक समय हुन्छ । यदि गलत समयमा सही कार्य गरेमा त्यसको अपेक्षित परिणाम मिल्दैन । उदाहरणार्थ, जस्तै वर्षा ऋतुको अपेक्षा गर्मी मौसम बिउ रोपेमा माटो जति नै मलिलो भए पनि बिउ उम्रिन सफल हुँदैन । यस प्रकार विशेष कालमा विशेष साधना अनुकूल हुन्छ ।

 

युग अनुसार इश्वरप्राप्तिको योग मार्ग
युग           मार्ग
सत्ययुग    ज्ञान योग
त्रेता युग    यानयोग
द्वापर युग   कर्मकाण्ड
कलियुग   आफ्नो-आफ्नो धर्मअनुसार नाम जप साधना

सत्ययुग : यो युग धेरै पवित्र थियो, जहा व्यक्तिको आध्यात्मिक स्तर ७०% थियो । (सन्तको आध्यात्मिक स्तर ७०% हुन्छ) । त्यो कालमा व्यक्ति आध्यात्मिक दृष्टिले पवित्र थियो । उसका लागि ज्ञान मार्ग सर्वाधिक उपयुक्त थियो किन कि आध्यात्मिक धर्मग्रन्थका गूढ अर्थ बुझ्ने सामर्थ्य थियो ।

त्रेता युग : यो त्यो युग हो जब सामान्य व्यक्तिको आध्यात्मिक स्तर ५५ प्रतिशत भयो, ज्ञान मार्गको पालन गर्नको लागि सूक्ष्म हुन सकेन । तर उनीमा तपस्या गर्ने (उदा. साधक एउटा खुट्टामा १२ वर्ष उभिन्न सक्थ्यो) तथा ध्यान गर्ने (उदा. साधकलाई यति धेरै समयसम्म ध्यान लाग्थ्यो कि धमिराले घर बनाउथे) आध्यात्मिक क्षमता थियो ।

द्वापर युग : आध्यात्मिक स्तर अझै घटेर गयो । मनुष्यले तपस्या गर्ने तथा दीर्घ कालसम्म ध्यान गर्ने क्षमता गुमाई सकेको थियो । त्यसैले ईश्वरले निश्चित गर्नु भयो कि मनुष्य विधिवत् कर्मकाण्ड द्वारा उन्नति गर्न सकोस् । विधि अनि यज्ञको लागि अधिक समय तथा परिश्रम लाग्दथ्यो ।  उचित सामग्री उपलब्ध गराउनु पर्ने हुन्छ । साथै कर्मकाण्डको अनेकै चरण हुन्थ्यो जुन अन्तसम्म ध्यानपूर्वक गर्न आवश्यक हुन्थ्यो । यस युगमा धार्मिक विचारधारा हुनको कारण, मनुष्य यसको लागि पर्याप्त समय, परिश्रम तथा धन उपयोग गर्थे ।

कलियुग : यो वर्तमान काल हो । यसको अनुवाद हो ‘सङ्घर्ष / कलह को युग’ । सामान्य मनुष्यको आध्यात्मिक स्तर घटेर केवल २० प्रतिशत रहन गयो । माथि उल्लेख गरेका साधना गर्ने क्षमता अत्यल्प भइसकेको थियो । तर वर्तमान कालको अशान्ति तथा आध्यात्मिक प्रदूषणलाई ध्यानमा राखेर, ईश्वर यस परिस्थितिमा पनि हाम्रो आध्यात्मिक प्रगतिको लागि एक सरल उपाय छ । त्यो हो भगवान् नाम जाप ।

वेबसाइट: स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एस एसआरफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ