arrow

नेता ओमप्रकाश पुन र विवेक कुमाल रिहा

logo
रासस,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
prison-jail.jpg

सुदूरपश्चिम। नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन्।

सो पार्टीको पूर्वसेती महाकाली ब्युरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ परेका थिए। कारागारबाट रिहापछि उनले आफूहरूको राजनीतिक कार्यसूची परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्स अगाडि बढ्ने प्रतिक्रिया दिए।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ