arrow

पाकिस्तानलाई व्यवस्थित ढङ्गले ध्वस्त पारिँदै गएको पाकिस्तानकै न्यायाधीशको कथन

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
pakistan-flag.jpg

इस्लामवाद। पाकिस्तानलाई व्यवस्थित ढङ्गले ध्वस्त पार्न लागिएको मुलुकको सर्वोच्च अदालतका न्यायाधीश काजी फेज ईसाले बताएकी छन् । प्रजातन्त्र, मिडिया स्वतन्त्रता र शासन व्यवस्थामाथि सरकारले नै धावा बोलिरहेको उनले बताएकी छन्।

स्थानीय सरकारको चुनाव सम्बन्धी सुनुवाइको क्रममा उनले पञ्‍जाब प्रान्तको सरकारले आफ्नो कार्यकाल समाप्त हुनु अघि स्थानीय सरकार भङ्ग गरी प्रजातन्त्रको "हत्या" गरेको उनले बताएकी छन् । २०१९ मा पञ्‍जाब प्रान्त सरकारले स्थानीय निकाय र प्रणाली भङ्ग गरेका थिए ।

न्यायाधीश ईसाले किन यस्तो भयो भनेर सोधपुछ गरेकी हुन् । उनले भनिन्, "स्थानीय सरकार (एलजी) मार्सल ल युगमा विघटन भएको थियो, तर यो प्रजातन्त्र हो र प्रजातान्त्रिक शासन प्रणालीमा यस्तो गर्न मिल्दैन ।"

'पञ्‍जाब पूर्ण रूपमा एलजी प्रणाली रद्द गर्ने मुडमा छ ?' भन्ने न्यायाधीशको प्रश्नमा पञ्‍जाबका अतिरिक्त महान्यायाधिवक्ताले भने, "प्रान्तमा स्थानीय सरकारहरूको लागि नयाँ कानुन बनाइएको थियो ।"

स्थानीय सरकार भङ्ग गरेर पञ्‍जाब सरकारले संविधानको स्पष्ट उल्लङ्घन गरेको उनले बताएकी छन् । "यस्तै पञ्‍जाबले आफ्नो सरकार नआएसम्म स्थानीय सरकारहरूलाई भङ्ग गर्न जारी राख्न सक्छ," उनले भनिन् ।

यदि प्रजातन्त्र हरायो भने मुलुक नरहने उनको चेतावनी छ । "चुनाव आयोग (पाकिस्तानको निर्वाचन आयोग) ले स्थानीय निकायको चुनावमा १ बिलियन रुपैयाँ खर्च हुने भनिएको छ," न्यायमन्त्री ईसाले भनिन्, "यद्यपि राजनेताहरूका लागि विशाल विकास कोष जारी गरिएको छ ।"

वरिष्ठ न्यायाधीशले पाकिस्तानमा मिडियाको स्वतन्त्रताको बारेमा कडा आपत्ति जनाएकी हुन् । उनले भनिन्, "मिडिया स्वतन्त्र छैन र यो नियन्त्रण गरिएको छ भन्ने दाबी गर्न म लजाउनेछैन, र वास्तविक पत्रकारहरूलाई देशबाट बाहिर निकालियो ।

उनले भनिन्, "पाकिस्तान व्यवस्थित ढङ्गले नष्ट भइरहेको छ । जब मिडिया नष्ट हुन्छ, एक देश विनाश हुन्छ । के मिडिया पाकिस्तानमा स्वतन्त्र छ ?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ