arrow

ऋषभ पन्तले राखे रेकर्ड, भारतको स्थिति बलियो 

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
rishabh-pant.jpg

काठमाडौं । भारतीय विकेटकिपर–ब्याट्सम्यान रिषभ पन्तले रेकर्ड राखेका छन् । उनले अष्ट्रेलियाली पूर्व विकेटकिपर एडम गिलक्रिष्टको बराबरी गरेका छन् । उनी भारत, इङ्गल्याण्ड र अष्ट्रेलियामा शतक बनाउने दोस्रो विकेटकिपर बनेका हुन् । 

इङ्गल्याण्डविरुद्ध अमहदाबादमा चलिरहेको चौथो टेष्टमा शतक बनाएसँगै ऋषभले उक्त रेकर्ड राखेका हुन् । उनले इङ्गल्याण्डविरुद्ध सन् २०१८ को सेप्टेम्बरमा ओभलमा, दोस्रो अष्ट्रेलिया विरुद्ध सन् २०१९ को जनवरीमा सिड्नीमा र तेस्रो इङ्गल्याण्डविरुद्ध अहमदाबादमा शतक बनाएर रेकर्ड राखेका हुन् । 

उनले २६ महिनापछि शतक जोडेका छन् । भारत गम्भीर स्थितिमा रहेका बेलामा ऋषभले शतक बनाएर टिमको उद्दार गरेका हुन् । 

उनी टेष्टमा पनि एक दिवसीयको शैलीमा खेल्छन् । उनको औसत रेटिङ अगाडि छ । उनीभन्दा अगाडि अहिलेसम्म तीन विकेटकिपरमात्र रहेका छन् । 

खेलमा इङ्गल्याण्ड पहिलो इनिङमा २०५ रनमा समेटिएको थियो । जवाफमा भारतले दोस्रो दिनको समाप्तिसम्म ७ विकेटको नोक्सानीमा २९४ रन बनाइसकेको छ । 

८९ रनको अग्रता लिएको भारतका लागि शनिबार तेस्रो दिन वासिङटन सुन्दर ६० र अक्षर पटेल ११ रनबाट अगाडि खेल्दैछन् । 

चार खेलको सिरिजमा भारत २–१ ले अगाडि छ । चौथो खेल जित्दा वा बराबरी गर्दा भारत वल्ड टेष्ट सिरिजको फाइनलमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ