arrow

हुस्सुले लपक्कै ढाक्यो उपत्यकालाई, यस्तो हुनेछ शनिबारको दिन

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार बिहान बाक्लो हुस्सु लागेको छ । भिजिबिलिटी निकै कम रहेको छ । शुक्रबार राति पानी परेसँगै शनिबार बिहान बाक्लो हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

उनका अनुसार घाम लाग्दै गएपछि हुस्सु पनि हट्दै जानेछ । दिउँसो घाम चर्कैै घाम लाग्ने उनले बताए । तर बेलुकापख फेरि उपत्यकामा वर्षाको सम्भावना रहेको छ । 

बिहान न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियस रहने छ । उनले भने, ‘प्रिमनसुन शुरु भएको छ यस्तै एक्टिभभिटिज देखाउँछ ।’

शुक्रबार राति काठमाडौंसहित पोखरा लगायतका स्थानमा वर्षा भएको पौडेलले बताए । उपत्यकामा चिसो पनि बढेको छ । तराईका भेगमा भने मौसम सफा रहेको छ । हिमाली भेगमा मौसम बिग्रिएको छ । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका केही पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो  प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा हल्का वर्षा–हिमपात को सम्भावना रहेको छ । 

 राति प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी–हिमाली भूभागहरुको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ