arrow

सञ्चारमाध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री यादव

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २२ शनिबार
province-2-minister.jpg

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सञ्चार जगतलाई व्यवस्थित बनाउन प्रदेश नम्बर दुई सरकारले आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल समेतको गठन गरी सकेको मन्त्री यादव बोल्दै प्रदेश सरकारले आफै रेडियो र पत्रिका सञ्चालन गरी प्रदेशका दक्ष सञ्चारकर्मी तथा पत्रकारलाई जागिरको व्यवस्था गर्ने तयारीमा रहेको बताए।

मन्त्री यादवले भने, अरू भन्दा अझै पनि रेडियो नै सबै भन्दा सहज पहुँचको सञ्चार माध्यम रहेका छन्। जनकपुरधाममा आयोजित सामुदायिक रेडियोको समस्या र समाधान विषयक प्रदेश २ स्तरीय कार्यशालालाई सम्बोधन गर्दै प्रदेश २ का सञ्चार मन्त्री समेत रहेका  यादवले प्रदेश २ मा अझै पनि पत्रिका र टेलिभिजन भन्दा रेडियो नै सर्वाधिक जनता सम्म पुग्ने सञ्चार रहेका हुन्।

सामुदायिक रेडियो प्रसारक सङ्घका प्रदेश २ अध्यक्ष अशोक कुमार दत्तको अध्यक्षतामा भएको कार्यशालामा राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश २ आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष कृष्णहरी भट्टराई सहित प्रदेश २ का सामुदायिक रेडियोका सञ्चालक तथा प्रतिनिधि हरूको उपस्थिति रहेका थिए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घको पूर्व केन्द्रीय कोषाध्यक्ष शीतल साह, वर्तमान केन्द्रीय सदस्य शैलेन्द्र झा, प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहान तथा  सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष निमेष कर्ण, सहित काले मधेस आन्दोलन सहित सङ्घीयता प्राप्तिको विभिन्न आन्दोलनमा प्रदेश २ का सञ्चार माध्यमले दिएको योगदानको वर्तमान प्रदेश सरकारले उचित कदर गर्न नसकिरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ