arrow

मन्त्रीले गुटको कार्यकर्ता नचिन्दा कर्मचारीको कार्यक्रममा झन्डै कुटाकुट

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
top-bahadurtayamajhi-minister.jpg

काठमाडौँ। उर्जामन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिस्ट पार्टीको गुटको कर्मचारी नचिन्दा कार्यक्रम स्थल मै होहल्ला, भनाभन र झन्डै कुटाकुट अवस्था आएको छ। शुक्रवार सत्तारुढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी सङ्गठनले काठमाडौँमा गरेको एक कार्यक्रममा यस्तो स्थिति आएको हो। सो सङ्गठन तत्कालीन एमाले निकट कर्मचारी सङ्गठन हो। उक्त सङ्गठनमा अझै केपी ओली र माधव नेपाल पक्ष निकट दुवै थरी कर्मचारीहरू आबद्ध छन्।

सङ्गठन विधिवत् रूपमा विभाजित भएको छैन। सङ्गठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका कर्मचारी ओली पक्षमा छन् भने उपाध्यक्ष जीवन भण्डारी, महासचिव रेवन्त गौतम लगायतका कर्मचारी नेपाल पक्षमा छन्।

कार्यक्रममा उजामन्त्री टोपबहादुर रायमाझीलाई प्रमुख अतिथि बनाइएको थियो। कार्यक्रममा विभागीय मन्त्री सङ्घीय मामिला मन्त्रीलाई प्रमुख अतिथि बनाउनु पर्नेमा ऊर्जा मन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो। ‘बोल्ने बेला रायामाझलाई भ्रम परेछ कार्यक्रममा उपस्थित सबै कर्मचारी ओली पक्षका हुन भन्ने उहाँलाई लागेछ’कार्यक्रममा सहभागी एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार बोल्ने क्रममा रायमाझीले सुरु देखि नै पुष्पकमल दाहाल र माधव नेपालको व्यङ्ग्य गर्न सुरु गरे।

लड्डु खाएको, खुवाएको विषय निकाल्दै बारम्बार व्यङ्ग्य गरे। यती मात्र नभई ‘हामी यहाँ छौ’ भनी प्रचण्ड र माधव पक्षले प्ले कार्ड बोकेर धर्ना दिएको विषयलाई पनि रायामाझले निकाले। रायमाझीले प्रचण्ड र नेपालको जसरी व्यङ्ग्य गर्थे, त्यति नै हुटिङ हुन्थ्यो। पछि उनले प्रचण्ड र नेपाल पक्षसँग निकट भएका कर्मचारीहरूको पनि व्यग्यं गर्न थाले। त्यसपछि मञ्चमै होहल्ला हुन थाल्यो। मञ्चमा बसेका माधव नेपाल पक्षका जीवन भण्डारीलाई सही नसक्नु भयो। मन्दबाटै उठेर भने,‘लडड् खाने र  खुवाउने पक्षधर पनि हामी यहीँ बसको छौ।

तपाईँले हामीलाई किन गाली गर्नु गर्नुहुन्छ ? राजनीतिक कुरा गर्नुहोस्।’ भण्डारीले होहल्ला गर्न थाले पछि ओली निकट कर्मचारीहरू मन्ञमै गई भण्डारीमाथि जाइ लागे। एक क्षण नाराबाजी भयो। झन्डै कुटाकुटको अवस्था आयो। पछि मन्त्री आफैले स्थितिलाई थामथुम थुमथुम बनाउने प्रयास गरे।

स्रोतका अनुसार,  रायमाझीलाई प्रमुख अतिथि बनाउन अध्यक्ष देवकोटाले प्रस्ताव गरेका थिए। स्रोत भन्छ, रायमाझीलाई प्रमुख अतिथि बनाउने प्रस्तावलाई सुरुमा नेपाल पक्षका कर्मचारीहरूले विरोध जनाएका थिए। ‘आउनु हुन्छ भने सङ्घीय मन्त्रीलाई प्रमुख अतिथि बनाऔँ नभए कसैलाई नबनाऔँ’ भन्ने नेपाल पक्षका कर्मचारीहरूले भनेका थिए। तर देवकोटाका वलजफ्ती बाट रायामाझलाई प्रमुख अतिथि बनाइयो’स्रोतले भन्यो।

कार्यक्रम शुक्रवार कार्यालय समयमै गरिएको थियो। कार्यक्रममा करिब ३ सय सरकारी कर्मचारी उपस्थिति भएका थिए। कार्यालय समयमा कार्यालयमा नगई पार्टीको कार्यक्रममा सहभागी हुने कर्मचारीहरूमाथि कसैले प्रश्न गरेनन्।

उल्टै सरकारका मन्त्रीले कार्यक्रममा उपस्थिति भए बापत धन्यवाद दिए। कार्यक्रमको शीर्षक ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा सुझाव दिन ’भनिए पनि उद्देश्य भने ओली पक्षका कर्मचारीहरूले शक्ति देखाउनु नै थियो–उपस्थिति एक कर्मचारीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ