arrow

निषेधाज्ञा उल्लङ्घन गर्दे प्रदर्शन जारी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
53099119.jpeg
सप्तरी । स्थानीय प्रशासनले सदरमुकाम राजविराजसहित राजमार्ग क्षेत्रमा लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राजमार्गका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । 

गए राति आन्दोलनकारी र प्रहरीबीच भएको झडपका क्रममा सप्तरीको भारदह र रुपनीमा दुई जनाको मृत्यु भएपछि उनीहरुले बिहानदेखि नै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रहरी प्रशासनको विरोध गर्दै सडकमा नाराबाजी गरिरहेका छन् । 

झडपमा प्रहरीले चलाएको गोली लागेर बलिया बथनाहा गाविस–१ का १५ वर्षीय नरेन राम र जमुनी मधेपुरा गाविस–९ बस्ने २५ वर्षका नागेश्वर यादवको शनिबार राति मृत्यु भएको थियो ।  आक्रोशित प्रदर्शनकारीले अहिले पनि पूर्वपश्चिम राजमार्गका भारदह, पोर्ताहा, कञ्चनपुर, बेरवा, रुपनी, कल्यानुर र कदमहा सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । 

राजमार्ग केन्द्रित आन्दोलन गर्ने क्रममा गए राति पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बसेका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ