arrow

सडक दुर्घटनमा आठ विद्यार्थीको मृत्यु, एघार घाइते

logo
प्रकाशित २०७३ असार ८ बुधबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली (भारत) । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा उच्च गतिमा गुडेको बसले रोकीरहेको भ्यानलाई ठक्कर दिँदा मङ्गलबार आठ विद्यार्थीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् । 
 
कर्नाटकको उदुपी इलाकाको त्रासी गाउँमा साना बालबालिका लिएर विद्यालय नजिकै आई रोकिएको भ्यानलाई ठक्कर दिएपछि भ्यानमा रहेका ११ विद्यार्थीको ज्यान गएको तथा शिक्षकसमेत केही विद्यार्थी घाइते भएको अधिकारीले बताएका छन् । 
 
बसमा १३ वर्षमुनिका १७ बालबालिका र एक जना शिक्षक रहेको बताइएको छ । घाइतेमध्ये एक विद्यार्थीको स्वास्थ्यस्थिति गम्भीर रहेको उल्लेख गरिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ