arrow

नेकपा वैधानिकता बारेको निर्णय जनअपेक्षा विपरीत : मुख्यमन्त्री भट्ट

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
trilochan-bhatta.jpg

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षा विपरीत आएको बताएका छन्। आज बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उनले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताए।

“त्यस निर्णयले खुसी दिएको छैन।”, उनले भने, “नेकपाकै नामबाट राष्ट्रियसभा सदस्य चुनिएका छन्। उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन्। मनमा चिसो पसेको छ। देशलाई अन्योलतिर धकेलेको छ।”

“दुई पार्टीबीचको एकता जनअपेक्षानुरुप कार्य गर्ने, पटक पटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिस्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो।”, उनले भने, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ। जनताले दुई तिहाइ पुर्‍याए। संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्याकमा ल्याउने कार्य गरेर खुसी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ