arrow

पर्सा जिल्लाको सखुवा प्रसौनी सेञ्चुरी बैङ्कको शाखा रहित बैङ्किङ सेवा

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
century-bank.gif

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले फागुन २२ गतेबाट आफ्ना ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-४ को देवरवानामा शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ।

शाखा रहित बैङ्किङ सेवाको शुभारम्भ प्रमुख अतिथिका रूपमा प्रदेश-२ का विधायक मन्जुर आलम र विशेष अतिथिको रूपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा गरेका थिए। उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रूपमा रहेको देवारवानामा शाखा रहित बैङ्क सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए।

उक्त कार्यक्रममा बैङ्कका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैङ्कका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो। शाखारहित बैङ्किङ सेवामा निक्षेप सङ्कलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बैङ्कले जनाएको छ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैङ्कले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैङ्किङ र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ