arrow

कुमारी बैङ्कको डिजिटल च्यालेन्जमा आईफोन १२ निःशुल्क

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
kumari-smart-iphone.jpg

काठमाडौँ। डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैङ्क लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ। यो योजना अन्तर्गत कुमारी बैङ्कको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यशाली विजेताले आई फोन १२ प्राप्त गर्ने बैङ्कले जनाएको छ। यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने छन्।

“कुमारी स्मार्ट वान टु थ्री, आई फोन १२ फ्रि” योजना अन्तर्गत ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आई फोन १२ प्राप्त गर्ने अवसर पाउनेछन्। जस अन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोन पे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोन पे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आई फोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुने बैङ्कले जनाएको छ। यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरू मध्ये एकले आई फोन १२ प्राप्त गर्नेछन्।

यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरू मध्ये ५ भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन्। यस योजना अन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् सामसङ ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन्।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैङ्क लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ। बैङ्क–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ