arrow

‘अदालतको निर्णय न्यायीक भन्दा पनि राजनीतिक भयो’

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
dev-gurung_.jpg.jpg

काठमाडौं । सांसद देव गुरुङले सर्वोच्च अदालतको निर्णय न्यायीक भन्दा पनि राजनीतिक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई लिएर अदालतले गरेको फैसलापछि नेता गुरुङले यो निर्णय न्यायीक भन्दा पनि राजनीतिक भएको बताएका हुन् । 

अदालतको फैसलाले नामको विषयलाई लिएर दुई पार्टीको एकतालाई नै तहसनहस पार्ने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेता गुरुङले अदालतको सम्मान गर्ने तर अहिले आएको निर्णयले यो सिष्टमलाई नै सिध्याउने काम भएको आरोप लगाए । 

उनले अब पार्टीको बैठक बसेर निर्णय गर्ने पनि बताए । 

सर्वोच्च अदालतले नेकपा आफ्नो भएको भन्दै ऋषिराम कट्टेलले दिएको निवेदनमा आइतबार कट्टेलकै पक्षमा फैसला गरेसँगै तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई गठित सत्ताधारी दल बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता समाप्त भएको छ । 

तर सर्वोच्चले नेकपाको नाम कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्रलाई भने ब्युँताइदिएको छ । यसको जानकारी अदालतले निर्वाचन आयोगलाई समेत दिएको छ । 

नेता गुरुङले सोमबार पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाएको पनि बताएका छन् । 

नेता गुरुङले नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै यो फैसलाले कतै बहुदलीय प्रणालीमाथि नै प्रहार त भएको हैन भन्ने प्रश्न खडा भएको भन्दै आफूहरुले सक्दो कानूनी उपचार खोज्नेसमेत बताएका छन् । 

नेता गुरुङले संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने बताएका छन् । तर आइतबारको फैसलापछि कसरी अगाडि बढ्ने भन्ने बारेमा पार्टीको बैठकपछि मात्र बताउन सक्ने पनि बताए । 

सत्ता स्वार्थमा जोडिए, सत्ता स्वार्थमै टुंगिए

प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठक सोमबार ११ बजे

ओली सरकार र पार्टीभित्र अल्पमतमा !

बालुवाटारमा ओलीले बोलाए संसदीय दलको बैठक

ओली-प्रचण्डहरुले अब हाम्रो पार्टीको सदस्यता लिन आवेदन दिए हुन्छ : ऋषि कट्टेल(अन्तरवार्ता)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ