arrow

म्यानचेष्टर डर्बीमा घरमै हार्‍यो सिटी, तोडियो रेकर्डको यात्रा

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
mancity-united.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । यो हारले उसको जितको रेकर्डको यात्रा तोडिएको छ । हारसंगै सिटीको २१ खेलको अपराजित यात्राको रेकर्ड टुंगिएको छ ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी म्यानचेस्टर युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमै युनाइटेडले फर्नान्डेसको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।

५० औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई जित दिलाए । यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित निकाल्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् ।

अन्य खेलको नतिजा
वेष्टब्रोमविच आल्बियन ०–० न्युकासल युनाइटेड
लिभरपुल ०–१ फुल्हम
टोटनह्याम हट्सपर (ग्यारेथ बेल–२, ह्यारि केन–२) ४–१ क्रिष्टल प्यालेस

अंक तालिका 
आइतबार रातिको जितसँगै म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाइटेडले २८ खेलमा ५४ अंक जोडेको छ ।

शीर्ष स्थानको म्यानचेस्टर सिटी २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यो खेल हारे पनि सिटी अझै युनाइटेड भन्दा ११ अंकले अघि रहेको छ ।

लेस्टर सिटी ५३ अंकसहित तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको चेल्सी ४७ अंकसहित चौथो, २ खेल कम खेलेको एभर्टन ४६ अंकसहित पाँचौं स्थानमा रहेको छ । टोटनह्याम हट्सपर ४५ अंकसहित छैटौं तथा डिफेन्डिङ च्याम्पियन लिभरपुल २८ खेलबाट ४३ अंकसहित आठौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ