arrow

आयो आईपीएलको खेल तालिका 

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
ipl-mumbai-champion.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले १४ औं संस्करणको आईपीएलको खेल तालिका घोषणा गरेको हो । 

१४ औं संस्करण आगामी अप्रिल ९ तारिखबाट शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० तारिखमा हुनेछ ।

चेन्नईमा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । 

होम एण्ड अवेको आधारमा नहुने यो प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बैंगलोर, दिल्ली, मुम्बई र कोलकाता गरी ६ शहरमा हुनेछ । 

कोरोनाका कारण १३ औं संस्करण भने युएईमा भएको थियो । 

यसपालि भने नेपालबाट सन्दीप लामिछाने आईपीएलमा खेल्ने छैनन् । यसअघिका तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपलाई यसपटक कुनै पनि टिमले किनेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ