arrow

मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
burka-pratibandha.jpg

काठमाडौं । स्वीट्जरल्यान्डमा मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धमा बहुमतले समर्थन पाएको छ । त्यहाँका मानिसहरुले बुर्का तथा नकाबजस्ता मुस्लिम महिलाहरुले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका हुन् ।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । सो दलले ुअतिवाद रोकौँु नारा पनि अघि सारेको थियो ।

आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८ प्रतिशत मानिसले भोट हालेको बीबीसीले लेखेको छ । 

यसको आलोचना पनि भएको छ । एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरुका निम्ति ुएक अँध्यारो दिनु भनेको छ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरुले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरुले औँल्याएका छन् ।

अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ